१४ आश्विन २०८१, सोमबार | Tue Oct 1 2024

सुन मिलाउन अध्यागमन विभाग पठाइएका झलकराम सेटिङ भत्किएपछि मन्त्रालय नै फिर्ता

७ भदाै, काठमाडाैँ । सुन तस्करीको चाँजोपाँजो मिलाउन सरकारले अध्यागमन विभागका महानिर्देशक बनाएर पठाएका झलकराम अधिकारी सेटिङ भत्किएपछि मन्त्रालय तानिएका छन् । १६० किलोबाट १०० किलो हुँदै ६० किलो कायम भएको सुन तस्करीको नाइके भनिएका दावा छिरिङसँगको सम्बन्ध र कुराकानी छताछुल्ल भएपछि गृह मन्त्रालयले उनलाई केही दिन जेगाडामा राख्ने गरी मन्त्रालयमा तानेको हो । अधिकारीका बारेमा बुधबार राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रावि लामिछानेले संसदमा कुरा उठाएका थिए भने सीधाकुरा नामको एक न्युज पोर्टलले अधिकारी र दाबाकोबीचमा भएको कुराकानी नै सार्वजनिक गरिदिएको थियो ।

वीच्याटमा सुन तस्करसँग कुराकानी गरेको र तस्कारीका लागि सेटिङमा काम गरेको पुष्टि हुने कुराहरू उनीहरूको बीचमा भएको पाइएको छ । त्यसछि गृहमन्त्री र अर्थमन्त्रीको पनि संलग्नताको कुरा भन्दै अनेकाैँ प्रश्ननहरू उठिरहेको समयमा मन्त्रालयले अधिकारीलाई मन्त्रालयमा तानेर घाम तापेरै तलब खान मिल्ने गरी अतिरिक्त समूहमा राख्ने निर्णय गरेको हो । अधिकारी गत फागुनमा निश्चित टास्क लिएर अध्यागमन हाजिर भएका थिए ।

राजस्व अनुसन्धान विभागको महानिर्देशकबाट प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय त्यसपछि गृह मन्त्रालय त्यहाँबाट अधिकारी अध्यागमन विभागको महानिर्देशकमा सरुवा भएका थिए । अधिकारीले सहसचिव भएपछि सार्वजनिक वित्त व्यवस्थापन तथा तालिम केन्द्र ललितपुरको प्रमुख, ठूला करदाता कार्यालयको कर प्रशासक र आन्तरिक राजश्व कार्यालय काठमाडौंको प्रमुख, सुदुरपश्चिम प्रदेशको अर्थमन्त्रालयको अर्थ सचिव लगायत पदमा बसेर जिम्मेवारी पूरा गरिसकेका थिए ।

प्रकाशित मिति : ७ भाद्र २०८०, बिहीबार १४:२९