१७ जेष्ठ २०८३, आइतबार | Sun May 31 2026

राष्ट्र बैंकद्वारा लघुवित्तहरुलाई मर्जरमा जान प्रोत्साहन, जारी गर्याे यस्ताे निर्देशन

१ भदाैं, काठमाडाैं । नेपाल राष्ट्र बैंकले लघुवित्त वित्तीय संस्थाहरुलाई मर्जरमा जान प्रोत्साहन गर्ने नीति लिएको छ ।  राष्ट्र बैंकले लघुवित्त कम्पनीलाई मर्जरमा जान प्रोत्साहन गर्नको लागि २ वटा व्यवस्थामा परिमार्जन गरेको हाे । राष्ट्र बैंकले “घ” वर्गको इजाजतपत्रप्राप्त लघुवित्त वित्तीय संस्थालाई जारी गरिएको एकीकृत निर्देशन, २०७९ मा संशोधन गर्दै नयाँ व्यवस्था गरेको हाे ।

नयाँ व्यवस्था अनुसार अब एक आपसमा गाभ्ने/गाभिने तथा प्राप्तिका कारण एकल ग्राहक कर्जा सीमा नाघेको ऋणीको कर्जालाई साविक बमोजिमको भुक्तानी तालिका अनुसार तोकिएको सीमा भित्र ल्याउन सकिने भएको छ ।

त्यस्तै एक आपसमा गाभ्ने गाभिने वा प्राप्ति प्रक्रियामा संलग्न भई २०८१ असार मसान्तभित्र एकीकृत कारोवार संचालन गरेमा लाभांशमा गरिएको कडाईमा पनि केहि सहुलियत राष्ट्र बैंकले दिने भएको छ।

जस अनुसार वार्षिक १५ प्रतिशत भन्दा बढी लाभांस (नगद वा बोनस) वितरणको प्रस्ताव गरेमा १५ प्रतिशत भन्दा माथिको प्रस्तावितलाभांशको ५० प्रतिशत साधारण जगेडा कोषमा, ३५ प्रतिशत ग्राहक संरक्षण कोषमा तथा १० प्रतिशत संस्थागत सामाजिक उत्तरदायित्व कोषमा छुट्याउनुपर्ने व्यवस्था मध्ये १० प्रतिशत संस्थागत सामाजिक उत्तरदायित्व कोषमा छुट्याउनुपर्ने व्यवस्था एकीकृत कारोबार शुरु गरेको मितिले एक वर्षसम्म छुट दिने राष्ट्र बैंकले जनाएको छ।

प्रकाशित मिति : August 18, 2023 at 10:44 am