७ असार २०८३, आइतबार | Sun Jun 21 2026

नेपाल टेलिकमको नाफा ७ अर्ब ८० करोड, रिजर्भ कोषमा कति ?

३१ साउन, काठमाडाैं । नेपाल टेलिकमले आर्थिक वर्ष २०७९/८०को चौथो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। समीक्षा अवधिसम्म कम्पनीले ७ अर्ब ८० करोड रुपैयाँ खुद नाफा गरेको छ।याे नाफा गत वर्षको यही अवधिसम्मको तुलनामा ७.८६ प्रतिशतले कम हो। अघिल्लो वर्षकाे यही अवधिमा कम्पनीले ८ अर्ब ४७ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।

याे अवधिमा कम्पनीले सेवा व्यापारबाट ३६ अर्ब ८० करोड रुपैयाँ र अन्य स्रोतबाट २९ करोड ९२ लाख रुपैयाँ आम्दानी गरेको छ। अघिल्लो वर्षकाे यही अवधिमा सेवा व्यापारबाट ३७ अर्ब ९१ करोड रुपैयाँ र अन्य स्रोतबाट ५४ करोड ७४ लाख रुपैयाँ थियो।

चुक्ता पुँजी १८ अर्ब रुपैयाँ रहेको कम्पनीको रिजर्भको आकार घटेर १.८६ प्रतिशतले घटेर ७५ अर्ब ८२ करोड रुपैयाँ रहेकाे छ । कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) घटेर ४३ रुपैयाँ ३६ पैसा कायम भएको छ। अघिल्लो वर्ष कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) ४७ रुपैयाँ ०६ पैसा थियो। पीई रेसियो २०.९२ रुपैयाँ रहेको कम्पनीको प्रतिसेयर नेटवर्थ ५१२ रुपैयाँ २७ पैसा रहेको छ। ​

प्रकाशित मिति : August 16, 2023 at 9:24 am