७ असार २०८३, आइतबार | Mon Jun 22 2026

शिवम् सिमेन्ट्को आम्दानी र नाफा दुबै घट्यो

३० साउन, काठमाडाैं । शिवम् सिमेन्ट्स लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार कम्पनीको खुद नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा घटेको छ।

आज सार्वजनिक वित्तीय विवरणअनुसार समीक्षा अवधिसम्म कम्पनीले ३० करोड २४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। जुन अघिल्लो वर्षको यही अवधिसम्मको तुलनामा ५६.२१ प्रतिशतले कम हो। अघिल्लो वर्ष कम्पनीले ६९ करोड ७ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो।

कम्पनीको उत्पादन बिक्रीबाट हुने आम्दानी पनि १६.२८ प्रतिशतले घटेर ७ अर्ब ७५ करोड रुपैयाँमा सीमित बनेको छ। अघिल्लो वर्ष उत्पादन बिक्रीबाट कम्पनीले ९ अर्ब २६ करोड रुपैयाँ आम्दानी गरेको थियो। अघिल्लो वर्ष अन्य आम्दानी २१ करोड ५५ लाख रुपैयाँ रहेकोमा समीक्षा अवधिमा बढेर ३६ करोड ३५ लाख रुपैयाँ भएको छ।

चुक्तापुँजी ४ अर्ब ४० करोड रुपैयाँ कम्पनीको रिजर्भको आकार ४.१२ प्रतिशतले घटेर ३ अर्ब ७१ करोड रुपैयाँमा खुम्चिएको छ। अघिल्लो वर्ष यही अवधिसम्म रिजर्भमा ३ करोड ८७ लाख रुपैयाँ थियो।

अघिल्लो वर्ष ईपीएस १५.६७ रुपैयाँ रहेकोमा समीक्षा अवधिमा घटेर ६.८७ रुपैयाँमा झरेको छ। यो हिसाबले ईपीएसमा ५६.१६ प्रतिशतको गिरावट आएको छ। प्रतिसेयर नेटवर्थ २०६.२३ रुपैयाँ रहेको छ।

प्रकाशित मिति : August 15, 2023 at 11:14 am