१७ जेष्ठ २०८३, आइतबार | Sun May 31 2026

विद्युत् प्राधिकरणको नाफा १२ अर्ब ३३ करोड, अब सर्वसाधारणलाई सेयर जारी गर्ने

२५ साउन, काठमाडाैं । नेपाल विद्युत् प्राधिकरणले गत आर्थिक वर्षमा १२ अर्ब ३३ करोड रूपैयाँ नाफा कमाएको छ। प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बिहीबार आर्थिक वर्ष ०७९/८० मा सो नाफा कमाएको जानकारी गराएका छन्।

उनले अपरिस्कृत वित्तीय विवरण अनुसार प्राधिकरणको नाफा १२ अर्ब ३३ करोड पुगेको बताए। उनले प्राधिकरणको तेस्रो वित्तिय पुनरसंरचना तयार गरी प्राधिरकणको सेयर सर्वधारणमा जारी गर्ने प्रक्रिया अघि बढाइएको जानकारी गराए। आर्थिक वर्ष ०७७/७८ मा प्राधिकरणको नाफा ६ अर्ब १० करोड रूपैयाँ रहेको थियो।

प्रकाशित मिति : August 10, 2023 at 4:36 pm