१२ पुष २०८२, शनिबार | Sat Dec 27 2025

अन्तिम काराेबारकाे दिन यी कम्पनीमा झुम्मिए लगानीकर्ता

२५ साउन, काठमाडाैं । साताकाे अन्तिम काराेबारकाे दिन बिहीबार सेयर बजार झिनाे अंकले बढेकाे छ ।  नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ५.१३ ले बढेर २०६६.०५ बिन्दुमा बन्द भएको हो । आज २ अर्ब १५ करोड ६५ लाख ८३ हजार माथिको कारोबार भएको हो । आज १०५ वटा कम्पनीको सेयर मूल्य बढेको छ भने १०८ कम्पनीको सेयर मूल्य घटेको छ । त्यस्तै ९ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।

आज सेयर बजारमा सुधार आउँदा सबैभन्दा बढी सोल्टी होटलको कारोबार भएको छ । कम्पनीको यस दिन १६ करोड ९५ लाख ८२ हजार रुपैया बराबरको कारोबार भएको छ । त्यस्तै, अपर तामाकोशी हाइड्रोपावरको ११ करोड २५ लाख ५१ हजार रुपैयाँ ,शिवम् सिमेन्ट्सको ९ करोड ९३ लाख ६२ हजार रुपैयाँ, आइएमई लाइफ इन्स्योरेन्सको ८ करोड ४० लाख ७८ हजार रुपैयाँ र साल्ट ट्रेडिङ कर्पोरेशनको ६ करोड २२ लाख ५५ हजार रुपैयाँको कारोबार भएको हो ।

प्रकाशित मिति : २५ श्रावण २०८०, बिहीबार १५:३८