३० कार्तिक २०८३, आइतबार | Sun Nov 15 2026

सरकार सबै धर्म, संस्कृति र परम्पराको संरक्षणमा प्रतिवद्ध छः प्रधानमन्त्री

२९ कात्तिक, काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले प्रकृति र आस्थाको महान् पर्व छठको पावन अवसरमा स्वदेश तथा विदेशमा रहेका सबैमा शुभकामना व्यक्त गर्दै सरकार ​सबै धर्म, संस्कृति र परम्पराको संरक्षण तथा प्रवर्द्धन गर्न प्रतिबद्ध रहेको बताएका छन् ।

छठ पर्वका अवसरमा सन्देश जारी गर्दैै प्रधानमन्त्री शाहले भगवान् सूर्यदेव र छठी माताको आराधना गरी मनाइने पर्व मुख्यतया परिवारको सुख, शान्ति, आरोग्य र सन्तानको दीर्घायुको कामना गरिने उल्लेख गरेका छन् । उनले भनेका छन्, ‘छठले हामीलाई जीवनको एक गहिरो दर्शन सिकाउँछ, जहाँ उदाउँदो सूर्यलाई झैँ अस्ताउँदो सूर्यलाई पनि उत्तिकै श्रद्धा र सम्मानका साथ अर्घ्य दिइन्छ, यसले प्रकृतिप्रतिको कृतज्ञता र जीवनका हरेक अवस्थालाई सम्मान गर्ने प्रेरणा दिन्छ।’ उनले छठ पर्वले सबैमा सकारात्मक ऊर्जा भर्दै देशमा सुशासन, सामाजिक न्याय र समृद्धिको संकल्प पूरा गर्ने प्रेरणा प्रदान गरोस् भन्ने कामना गरेका छन् ।

प्रकाशित मिति : November 15, 2026 at 10:05 am

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/