३० चैत्र २०८२, सोमबार | Mon Apr 13 2026

घोराही सिमेन्टको आईपीओ नेप्सेमा सूचीकृत, कति छ ओपनिङ्ग रेन्ज ?

२५ साउन, काठमाडाैं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा घोराही सिमेन्ट इण्डष्ट्रीले सर्वसाधारणलाई निष्काशन गरेको शेयर सूचीकृत भएको छ । बिहीबार घोराही सिमेन्टको शेयर नेप्सेमा सूचीकृत भएको हो ।

नेप्सेमा घोराही सिमेन्टको ३ करोड ९७ लाख १९ हजार ६ कित्ता शेयर नेप्सेमा सूचीकृत भएको छ । कम्पनीले सर्वसाधारण लगानीकर्ता शेयरधनीहरु (बैदेशिक रोजगारीमा रहेका नीपाली,उद्योग प्रभावित स्थानीय बासिन्दाहरु, सामुहिक लगानी कोष र कर्मचारीहरु समेत) लाई वितरण गरेको ७९ लाख ४३ हजार ८०१ कित्ता शेयर र संस्थापक शेयरधनीहरुले लगानी गरेका ३ करोड १७ लाख ७५ हजार २०५ कित्ता शेयर गरी सो बराबरको शेयर नेप्सेमा सूचीकृत भएको हो ।

कम्पनीको शेयरलाई नेप्सले पहिलो कारोबारको लागि न्युनतम २२६ रुपैयाँ ६१ पैसा देखि ६७९ रुपैयाँ ८३ पैसा ओपनिङ्ग रेन्ज प्रदान गरेको छ । सोही आधारमा रहेर आइतबारदेखि कम्पनीको शेयर कारोबारमा आउनेछ । कम्पनीको शेयरलाई नेप्सेले जीसीआईएल कारोबार संकेत प्रदान गरेको छ।

प्रकाशित मिति : 13:17