२४ आश्विन २०८३, शनिबार | Sun Oct 11 2026

किसान लघुवित्तको नाफा १ करोड ३६ लाख, प्रतिसेयर आम्दानी कति ?

२५ साउन, काठमाडाैं । किसान लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०७९/८०को चौथो त्रैमाससम्मकाे वित्तीय विवरण प्रकाशन गरेकाे छ । कम्पनीले प्रकाशन गरेकाे वित्तीय विवरण अनुसार समिक्षा अवधिसम्म कम्पनीले १ करोड ३६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। याे नाफा अघिल्लो वर्षको यही अवधिको तुलनामा १११०.६६ प्रतिशतले बढी हो। अघिल्लो वर्षकाे यही अवधिमा संस्थाले ११ लाख २६ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियाे ।

याे अवधिमा कम्पनीकाे सञ्चालन मुनाफा १४२ प्रतिशतले बढेर १ करोड ९४ लाख रुपैयाँ कायम भएकाे छ । अघिल्लो वर्ष कम्पनीकाे सञ्चालन मुनाफा ८० लाख ४७ हजार रुपैयाँमा सीमित थियो।

संस्थाको खुद ब्याज आम्दानी २९.०३ प्रतिशतले घटेर २५ करोड ७० लाख रुपैयाँ पुगेकाे छ । अघिल्लो वर्ष कम्पनीकाे खुद ब्याज आम्दानी ३६ करोड २२ लाख रुपैयाँ थियो।

समीक्षा अवधिसम्म संस्थाको खराब कर्जा अनुपात (एनपीएल) बढेर ५.९५ प्रतिशत पुगेको छ। समीक्षा अवधिसम्म संस्थाले ४ अर्ब ३८ करोड रुपैयाँ सापटी लिई ६ अर्ब २१ करोड रुपैयाँ कर्जा परिचालन गरेको छ। कम्पनीकाे चुक्तापुँजी ५० करोड ४३ लाख रुपैयाँ रहेको छ ।

संस्थाको प्रतिसेयर आम्दानी (ईपीएस) बढेर २.७० रुपैयाँ कायम भएको छ। अघिल्लो वर्ष कम्पनीकाे प्रतिसेयर आम्दानी (ईपीएस) ०.३२ रुपैयाँ थियो। पीई रेसियो २६२.३२ गुणा रहेको संस्थाको प्रतिसेयर नेटवर्थ १२६.४२ रुपैयाँ रहेको छ।

प्रकाशित मिति : August 10, 2023 at 11:30 am

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/