३० चैत्र २०८२, सोमबार | Mon Apr 13 2026

सेयरप्रो सेक्यूरिटीजले ल्यायो डि–म्याट तथा मेरो सेयर सदस्यतामा आकर्षक अफर

२३ साउन, काठमाडाैं । सेयरप्रो सेक्युरिटिज (स्टक ब्रोकर नं. ६५)ले डि–म्याट खाता र मेरो सेयर सदस्यता लिनेका लागि आकर्षक छुटका दिने भएको छ।

ग्राहकलाई लक्षित गरी कम्पनीले आज मंगलबारबाट लागू हुने गरी प्रथम ३६५ जना नयाँ ग्राहकलाई डिम्याट खाता तथा मेरो सेयर सदस्यतामा सतप्रतिशत छुटको योजना सार्वजनिक गरेको हो।

यस योजना अन्तर्गत पहिलो ३६५ जना ग्राहकले निःशुल्क डिम्याट खाता तथा मेरो सेयर सदस्यता लिई कारोबार गर्न सक्नेछन् । धितोपत्र बजारमा रुची राख्ने जो कोहि व्यक्तिले यो योजनामा सहभागी भई लाभ लिन सक्ने विश्वास कम्पनीले लिएको छ ।

सेयरप्रो सेक्युरिटिज गते जेठ ९ गते धितोपत्र बोर्डबाट ब्रोकर अनुमतिपत्र प्राप्त गरेको थयो। यो ब्रोकरले गत असार २८ गते धितोपत्र दलाली र निक्षेप सदस्यको सेवा प्रदान गर्दै आइरहेको छ।

प्रकाशित मिति : 17:16