१४ आश्विन २०८१, सोमबार | Mon Sep 30 2024

ललिता निवास प्रकरणमा विजय गच्छदारसहित चार पूर्वमन्त्रीविरूद्ध पक्राउ पुर्जी जारी

२२ साउन, काठमाडौं । ललिता निवास प्रकरणमा विजयकुमार गच्छदारसहित ४ जना पूर्वमन्त्रीविरुद्ध पक्राउ पूर्जी जारी भएको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले पूर्वउपप्रधान एवं भौतिक योजना मन्त्री विजयकुमार गच्छदार, राज्यमन्त्री सञ्जयकुमार शाह,डम्बर श्रेष्ठ र पूर्वभूमि सुधार मन्त्री चन्द्रदेव जोशीविरुद्ध पक्राउ पूर्जी जारी भएको प्रहरी उच्च स्रोतले जनाएकाे छ ।

सीआईबीले यसअघि ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा लैजाने प्रकरणमा ४ पूर्वसचिवसहित ४०६ जना विरुद्ध पक्राउ पूर्जी लिइसकेको छ । यसअघि हिजोमात्रै सर्वोच्च अदालतले तत्कालै ललिता निवास जग्गा प्रकरणमा पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र डा बाबुराम भट्टराई माथि अनुसन्धान अघि बढाउन बाटो खोलिदिएको थियो ।

माधव नेपालले नक्कली मोहीलाई सरकारी जग्गा सट्टा भर्ना दिएका थिए भने डा बाबुराम भट्टराईले अस्तित्वमै नरहेको पशुपति टिकिन्छा गुठीका नाममा ललिता निवासको जग्गा दर्ता गर्न सैद्धान्तिक स्वीकृति दिएका थिए । उक्त निर्णय प्रमाणिकरण गर्ने पूर्व मुख्यसचिव माधव घिमिरे त्रिशुलीमा बेपत्ता छन भने लिलामणि पाैडेल नेकपा माओवादी केन्द्रको राजनीतिमा सक्रिय रहेका छन ।

योसँगै मन्त्रिपरिषद्बाट भएका नीतिगत भ्रष्टाचारमा अनुसन्धान गर्ने स्थायी बाटो पनि खुलेको छ । पछिल्लो सयम भ्रष्टाचारबाट जोगिनका लागि मन्त्रीहरूले आफूले निर्णय गर्ने अधिकार पाएको विषय पनि मन्त्रिपरिषदमा लगेर निर्णय गराउने गरेका थिए ।

प्रकाशित मिति : २२ श्रावण २०८०, सोमबार १०:०८