९ भदौ २०८३, मंगलबार | Tue Aug 25 2026

नेप्सेमा थप तीन लघुवित्तको सेयर सूचीकृत

२२ साउन, काठमाडाैं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा तीन कम्पनीकाे सेयर सूचीकृत भएको छ । नेप्सेमा आशा लघुवित्त, विजय लघुवित्त, साना किसान लघुवित्तको सेयर सूचीकृत भएको हो ।

१) साना किसान विकास लघुवित्त वित्तीय संस्था

नेप्सेमा साबिकको साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेड र आरएमडीसी लघुवित्त वित्तीय संस्था लिमिटेड एकआपसमा मर्जर गर्दा १ः०.८७ को अनुपातमा कायम हुन आएको प्रति सेयर अंकित तथा चुक्ता मूल्य रु १०० का दरले कुल १ करोड ३६ लाख ४ हजार ५ सय ६९.३ कित्ता सेयर सूचीकृत भएको छ । कम्पनीको सेयरलाई नेप्सेले पहिलो कारोबारको लागि न्यूनतम ८४८.३६ रुपैयाँ ओपनिङ्ग रेञ्ज प्रदान गरेको छ ।

२) विजय लघुवित्त वित्तीय संस्था

नेप्सेमा साबिकको विजय लघुवित्त वित्तीय संस्था लिमिटेड र नयाँ सारथी लघुवित्त वित्तीय संस्था लिमिटेड एकआपसमा मर्जर गर्दा १ः१ को अनुपातमा कायम हुन आएको प्रति सेयर अंकित तथा चुक्ता मूल्य रु १०० का दरले कुल ३६ लाख १० हजार ४०३.५९ कित्ता सेयर सूचीकृत भएको छ । नेप्सेले कम्पनीको सेयरलाई  पहिलो कारोबारको लागि न्यूनतम ७०३.५५ रुपैयाँ ओपनिङ्ग रेञ्ज प्रदान गरेको छ । लघुवित्तको सेयरलाई नेप्सले भिएबिएस कारोबार संकेत प्रदान गरेको छ ।

३) आशा लघुवित्त वित्तीय संस्था

नेप्सेमा साबिकको आशा लघुवित्त र राष्ट्र उत्थान लघुवित्त १ः१ को अनुपातमा प्राप्ति गर्दा कायम हुन आएको प्रति सेयर अंकित तथा चुक्ता मूल्य रु १०० का दरले २६ लाख कित्ता सेयर सूचीकृत भएको छ ।

प्रकाशित मिति : August 7, 2023 at 8:52 am