तीन वाणिज्य बैंकमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?
२१ साउन, काठमाडाैं । साताकाे पहिलाे काराेबारकाे दिन आइतबार सेयर बजारमा उच्च अंककाे गिरावट आएकाे छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) आज ३८.३७ अकंले घटेर २०५१.४७ बिन्दुमा बन्द भएकाे छ । आज दुई अर्ब ६८ करोड ७१ लाख बराबरको कारोबार भएको छ ।
आज सेयर बजारमा गिरावट आउँदा सबैभन्दा बढी सानिमा बैंकको कारोबार भएको छ । आज कम्पनीको १२ करोड ६९ लाख ८२ हजार रुपैया बराबरको कारोबार भएको छ । त्यस्तै, एभरेष्ट बैंकको १२ करोड २१ लाख २४ हजार रुपैयाँ ,एनआइसी एशिया बैंकको ११ करोड १२ लाख ८८ हजार रुपैयाँ, शिवम् सिमेन्ट्सको ९ करोड ८८ लाख ७ हजार रुपैयाँ र ग्लोबल आइएमई बैंकको ८ करोड ५५ लाख ७७ हजार रुपैयाँको कारोबार भएको हो ।

प्रकाशित मिति : २१ श्रावण २०८०, आईतवार १५:३७












