१५ कार्तिक २०८१, बिहीबार | Fri Nov 1 2024

समृद्धि फाइनान्सका ग्राहकहरुले होटल ठमेल पार्कमा विशेष छुट पाउने

१९ साउन, काठमाडौं । समृद्धि फाइनान्स कम्पनी लिमिटेडका ग्राहकहरुले होटल ठमेल पार्क विशेष छुट पाउने भएकाे छन् । फाइनान्सका ग्राहकहरुले होटल ठमेल पार्कमा सेवा तथा सुविधाहरु लिए वापत छुट पाउने भएकाे हुन् । उक्त छुट सम्बन्धि फाइनान्स र  होटल ठमेल पार्कबिच आज साउन १९ गते सम्झौता भएको छ ।

सम्झौता पत्रमा फाइनान्स कम्पनीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत टिका निधि लोहनी र होटल ठमेल पार्कका तर्फबाट व्यवस्थापक प्रमुख कृष्ण प्रसाद ढकालले हस्ताक्षर गरेका छन् ।

यो सम्झौतासँगै समृद्धिका ग्राहकहरुले उक्त होटलमा सेवा तथा सुविधाहरु लिए वापत फाइनान्सको मोबाइल बैकिङ्ग, डेविट कार्ड तथा क्यू.आर. प्रयोग गरी भुक्तान गर्दा २० प्रतिशत सम्मको छुट प्राप्त गर्न सक्नेछन् ।

उक्त होटलमा स्पामा २० प्रतिशत, फुड, वेभरेज तथा कोठामा १५ प्रतिशत छुट प्राप्त गर्ने छन् । यो सुविधाबाट फाइनान्सका सम्पुर्ण ग्राहकहरु लाभान्वित हुने विश्वास फाइनान्सले लिएको छ ।

नेपाल राष्ट्र बैंकबाट “ग” वर्गको इजाजतपत्र प्राप्त राष्ट्रिय स्तरको समृद्धि फाइनान्स कम्पनी लिमिटेडले हाल १३ वटा शाखाहरु मार्फत कारोबार गर्दै आएको छ भने आर.टिजिएस, आइपीएस, कनेक्ट आइपीएस, रेमिटान्स, क्लियरिङ्ग लगायतका बैंकिङ्ग र मोवाइल बैंकिङ्ग, डेबीट कार्ड, क्यू.आर कोड जस्ता डिजिटल सुविधाहरु प्रदान गरिरहेको छ ।

प्रकाशित मिति : १९ श्रावण २०८०, शुक्रबार १७:२४