११ पुष २०८२, शुक्रबार | Sat Dec 27 2025

एनआईसी एशिया डाइनामिक डेप्ट फण्डद्धारा लाभांश घोषणा

१९ साउन, काठमाडाैं । एनआईसी एशिया क्यापिटल लिमिटेडले संचालन गरेको खुलामुखी सामुहिक लगानी कोष योजना “एन आई सी एशिया डाइनामिक डेप्ट फण्ड” को लाभांश घोषण भएको छ । क्यापिटलको आज बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७९ / ०८० को एनआईसी एशिया डाइनामिक डेप्ट फण्ड” को लाभांश घोषणा गरेको हो ।

जस अनुसार योजनाका इकाईधनीहरुलाई १० प्रतिशत (कर सहित) का दरले प्रतिफल वितरण गर्ने क्यापिटलले जनाएको छ । उक्त प्रतिफल २०८०/०४/१९ गतेसम्म कायम भएका इकाईधनीहरुलाई वितरण गर्ने गरि गरि इकाईधनी दर्ता किताब बन्द गरिएको क्यापिटलले उल्लेख गरेको छ।

डाइनामिक डेप्ट फण्डबाट वितरण गरिने प्रतिफललाई पूनः लगानी गर्न मिल्ने गरि ‘डिभिडेन्ट रि इन्भेष्टमेन्ट प्लान’ सञ्चालन गरिरहेको जनाएको छ। उक्त योजनामा सहभागी हुनको लागि एनआईसी एशिया क्यापिटलको वेवसाइट www.nicasiacapital.com वा सोझै यस लिङ्क https://bit.ly/3Ef0Kvw मा क्लिक गरि रितपुर्वक विवरण भर्नुपर्ने जनाइएको छ । रितपुर्वक आवेदन प्राप्त इकाईधनीहरुको प्रतिफल रकम बराबरको इकाई सम्बन्धित इकाईधनीको हितग्राही खातामा पठाइदिने व्यवस्था मिलाइने क्यापिटलले जनाएको छ । ‘डिभिडेन्ट रि इन्भेष्टमेन्ट प्लान’ मा साउन ३२ गतेसम्म सहभागी हुन सकिनेछ ।

उल्लेखित समय भित्र Dividend Re-investment Plan मा सहभागी नहुने इकाईधनीहरुको हकमा उक्त प्रतिफल बापतको रकम मिति २०८०/०५/०१ गते पश्चात् सम्बन्धित इकाईधनीहरुको हितग्राही खातामा उल्लेख गरिएको बैंक खातामा सोझै जम्मा हुने क्यापिटलले जनाएको छ। Dividend Re-investment Plan मा सहभागि हुनको लागि आवेदन दिएका इकाईधनीहरुको हकमा प्राप्त गर्ने प्रतिफल रकमबाट योजनामा सहभागि हुन मिल्ने अन्तिम दिन अर्थात मिति २०८० / ०४ / ३२ गते कायम प्रति इकाई खुद सम्पत्ति मुल्यले गणना गर्दा प्राप्त हुने इकाई सम्बन्धित इकाईधनीको हितग्राही खातामा जम्मा गरिने व्यवस्था मिलाइने क्यापिटलले जनाएको छ।

प्रकाशित मिति : १९ श्रावण २०८०, शुक्रबार १६:४३