११ पुष २०८२, शुक्रबार | Sat Dec 27 2025

नेप्सेमा एक लघुवित्तको सेयरमूल्य समायाेजन, कतिमा खुल्छ काराेबार ?

१९ साउन, काठमाडाैं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा शुक्रबार एक कम्पनीको मूल्य समायोजन गरेको छ । नेप्सेमा समाज लघुवित्तको १४.२५ प्रतिशत बोनस सेयरपछि प्रतिकित्ता ६५ रूपैयाँ ५६ पैसा हुने गरी मूल्य समायोजन गरेको हो ।

नेप्सेले बिहीबारको अन्तिम कारोबार मूल्य ७४ रूपैयाँ ९० पैसाका आधारमा मूल्य समायाेजन गरेकाे हाे । सोही मूल्यको आधारमा नै आइतबार सेयरबजारमा कारोबार खुल्नेछ ।

प्रकाशित मिति : १९ श्रावण २०८०, शुक्रबार १०:५५