३० चैत्र २०८२, सोमबार | Mon Apr 13 2026

सोनापुर मिनरल्सले आईपीओ निष्काशन गर्न धितोपत्र बोर्डबाट पायाे अनुमति, प्रतिकित्ता कति ?

१७ साउन, काठमाडाैं । सोनापुर मिनरल्स एण्ड आयल लिमिटेडले आईपीओ निष्काशन गर्ने भएकाे छ । कम्पनीलाई प्रिमियममा आईपीओ निष्काशन गर्न नेपाल धितोपत्र बोर्ड (सेबोन)ले अनुमति दिएको हो। कम्पनीले स्थानीय, वैदेशिक रोजगारीमा रहेका नेपाली र सर्वसाधारणका लागि आईपीओ बिक्री गर्ने छ ।

कम्पनीले ३ अर्ब ७ करोड ५० लाख ५० हजार रुपैयाँ बराबरको कुल १ करोड २३ लाख २०० कित्ता आईपीओ निष्काशन गर्न लागेकाे हाे । कम्पनीले स्थानीय र कर्मचारीलाई अंकित मूल्य १०० रुपैयाँमा १२५ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता २२५ रुपैयाँ र सर्वसाधारण तथा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि १०० रुपैयाँमा १३७.५८ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता २३७.५८ रुपैयाँमा आईपीओ बिक्री गर्नेछ ।कम्पनीको आईपीओ बिक्री प्रबन्धकमा एनआईएमबी क्यापिटल रहेको छ।

प्रकाशित मिति : 17:00