५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

महिन्द्रा मनसुन क्याम्प साउन १७ देखि हुने, स्पेयर पार्ट्स र एक्सेसरीजमा ६० प्रतिशतसम्म छुट


१५ साउन, काठमाडाैँ । महिन्द्रा फोरव्हीलरको नेपालका लागि एक मात्र अधिकृत बिक्रेता अग्नि ग्रुपको सहायक कम्पनी बालाजु अटो वर्कश प्रालिले यही श्रावण १७ देखि १९ गतेसम्म देशव्यापी महिन्द्रा मनसुन क्याम्प आयोजना गर्ने भएको छ ।

यस ३०–पोईन्ट चेकअप क्याम्पमा स्पेयर पार्ट्स र एक्सेसरीजमा ६० प्रतिशतसम्म छुटको साथै उपहार पनि प्राप्त गर्न सक्ने बालाजु अटो वर्कशलेब बताएको छ । महिन्द्राका ग्राहकवर्गले नेपाल अधिराज्यभरि रहेका महिन्द्राका आधिकारिक सर्भिस सेन्टरमा गई यस मनसुन क्याम्पमा सहभागी हुन सक्नेछन ।

साथै, ग्राहकहरुले मनसुन क्याम्पमा सर्भिस बुक गर्न वा थप जानकारीका लागि टोल फ्रि नम्बरहरुः १६६००–१००–२०० (नेपाल टेलिकम) र ९८०१५७१२१२ (एनसेल) मा सम्पर्क गर्न सक्ने बालाजु अटो वर्कशले जनाएको छ ।

प्रकाशित मिति : १५ श्रावण २०८०, सोमबार १३:०३