छुटाउनु भयाे की ? ३०० रुपैयाँमा नेपाल इन्स्योरेसको सेयर किन्न पाउँने आज अन्तिम दिन
१५ साउन, काठमाडाैं । नेपाल इन्स्योरेन्स कम्पनी सेयरमा खरिद आवेदन दिने आज साउन १५ गते अन्तिम दिन रहेकाे छ । कम्पनीले गत साउन ८ गतेदेखि लिलामी प्रक्रियामार्फत बिक्रीमा राखेकाे १९ लाख ४८ हजार ५३८ कित्ता सेयरमा आज बैंकिङ समयसम्म मात्रै आवेदन दिन सकिनेछ।
बिक्रीमा राखिएको सेयरको न्यूनतम मूल्य ३०० रुपैयाँ तोकिएको छ। यसको अर्थ लगानीकर्ताले बोलपत्र पेस गर्दा न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गर्नुपर्नेछ। बिक्रीमा राखिएकाे सेयरमा विद्यमान संस्थापकसहित इच्छुक जोकोही व्यक्ति तथा संस्थाले खरिद आवेदन दिन सक्नेछन्।
इच्छुक लगानीकर्ताले न्यूनतम १ लाख कित्ता र अधिकतममा सम्पूर्ण कित्ताका लागि नक्सालस्थित ग्लोबल आइएमई क्यापिटलमा खरिद आवेदन दिन सक्नेछन्।
प्रकाशित मिति : July 31, 2023 at 10:36 am









