५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

महिन्द्रा मनसुन क्याम्प २०२३ आयोजना हुँदै, स्पेयर पार्ट्समा १० प्रतिशत छुट पाइने


१७ साउन, काठमाडाैँ । महिन्द्रा फोरव्हीलरको नेपालका लागि एक मात्र अधिकृत बिक्रेता अग्नि ग्रुपको सहायक कम्पनी बालाजु अटो वर्कश प्रालिले महिन्द्रा मनसुन क्याम्प २०२३ आयोजना गर्ने भएको छ । बालाजु अटो वर्कशले यही श्रावण १७ देखि १९ गते सम्म देशव्यापी महिन्द्रा मनसुन क्याम्प आयोजना गर्न लागेको हो ।

यस ३०–पोईन्ट चेकअप क्याम्पमा स्पेयर पार्ट्समा १० प्रतिशत छुटको साथै उपहार पनि प्राप्त गर्न सकिने बालाजु अटो वर्कशले जनाएको छ । महिन्द्राका ग्राहकहरूले नेपालभरि रहेका महिन्द्राका आधिकारिक सर्भिस सेन्टरमा गई यस मनसुन क्याम्पमा सहभागी हुन सक्नेछन ।

ग्राहकहरुले मनसुन क्याम्पमा सर्भिस बुक गर्न वा थप जानकारीका लागि टोल फ्रि नम्बरहरुः १६६००–१००–२०० (नेपाल टेलिकम) र ९८०१५७१२१२ (एनसेल) मा सम्पर्क गर्न सक्ने बालाजु अटो वर्कशले जनाएको छ ।

प्रकाशित मिति : १४ श्रावण २०८०, आईतवार ११:१९