नेप्सेमा ५ कम्पनीकाे बाेनस सेयर सूचिकृत, कुनकाे कति ?
१२ साउन, काठमाडाैं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा विभिन्न ५ कम्पनीकाे बाेनस सेयर सूचिकृत भएकाे छ । नेप्सेमा साउन ३ गतेदेखि १२ गतेसम्ममा विभिन्न ५ कम्पनीकाे बाेनस सेयर सूचिकृत भएकाे हाे ।
१) एनएमबि लघुवित्त
नेप्सेमा एनएमबि लघुवित्तको १० प्रतिशत बाेनस बापतकाे ६ लाख ५५ हजार ८६२.८६ कित्ता बोनस सेयर सूचीकृत भएको हो ।
२) मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था
नेप्सेमा कम्पनीकाे ४.७५ प्रतिशत बोनस बापतकाे कुल ६७ हजार ३२९.११ कित्ता बोनस सेयर सूचीकृत भएको हाे ।
३) नेशनल लाइफ इन्स्योरेन्स
नेप्सेमा कम्पनीको ८ प्रतिशत बोनस बापतको ३७ लाख १२ हजार ३४५.५० कित्ता बोनस सेयर सूचीकृत भएको हो ।
४) हिमालयन लघुवित्त
नेप्सेमा कम्पनीकाे ११ प्रतिशत बाेनस बापतकाे ३ लाख १६ हजार ९३६.८८ कित्ता बोनस सेयर सूचीकृत भएको हो ।
५) काबेली पावर लिमिटेड
नेप्सेमा लघुवित्तको १० प्रतिशत बाेनस बापतकाे १८ लाख ५५ हजार २११ कित्ता बोनस सेयर सूचीकृत भएको हो ।
प्रकाशित मिति : १२ श्रावण २०८०, शुक्रबार १५:५१












