अप्पर तामाकोशीको नाफा घट्यो, विद्युत बिक्री आम्दानी कति ?
२९ कात्तिक, काठमाडौं । अप्पर तामाकोशी जलविद्युत कम्पनीले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा १ अर्ब ६५ करोड ५९ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १.१२ प्रतिशत कम हो । गत वर्ष कम्पनीले १ अर्ब ६७ करोड ४६ लाख रुपैयाँ नाफा कमाएको थियो ।
कम्पनीको विद्युत बिक्री आम्दानी भने २.२८ प्रतिशतले बढेर ३ अर्ब ९४ करोड २८ लाख रुपैयाँ पुगेको छ । गत वर्षको सोही अवधिमा यस्तो आम्दानी ३ अर्ब ८५ करोड ५१ लाख रुपैयाँ थियो । सञ्चालन नाफा पनि बढेर २ अर्ब ८० करोड १० लाख रुपैयाँ पुगेको छ ।

२१ अर्ब १८ करोड रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको सञ्चित नोक्सानी १० अर्ब ९७ करोड ९४ लाख रुपैयाँ छ । कम्पनीको प्रतिसेयर आम्दानी ७ रुपैयाँ ८२ पैसा र प्रतिसेयर नेटवर्थ ५२ रुपैयाँ ३० पैसा रहेको छ ।
प्रकाशित मिति : November 15, 2026 at 11:22 am










