१० भदौ २०८३, बुधबार | Wed Aug 26 2026
http://kk5.io/NADA2026

क्रेष्ट माइक्रो लाइफले सुरु गर्यो लघुबीमा व्यवसाय

१० साउन, काठमाडौं ।  क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स कम्पनीले आज साउन १० गतेदेखि लघुबीमा व्यवसाय सुरु गरेको छ। सुर्खेतको बिरेन्द्रनगरमा आज आयोजित एक समारोहका बीच नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेलले कम्पनीको औपचारिक कारोबार उद्घाटन गरेका हुन् ।

उक्त अवसरमा प्राधिकरणका कार्यकारी निर्देशक पौडेलले नियामकीय प्रबन्धहरुको पालना गर्दै तल्लो तहसम्म बीमा सेवा पुर्याउन कम्पनीलाई सुझाए । प्राधिकरणले नियमन र सहजीकरण दुबैलाई समानान्तर रुपमा लैजाने पनि उनले बताए ।

कम्पनी अध्यक्ष ऋषिराज मोरले भर्चुअल सम्बोधनमार्फत समारोहमा उपस्थित सबैलाई धन्यवाद दिँदै जीवन बीमालेखको वास्तविक आवश्यकता भएका न्यून आयका गरीब, तल्लो तह, पिछडिएका वर्ग र समुदाय तथा परम्परागत बीमा कम्पनीमा समेटिन नसकेका वर्गलाई लघु जीवन बीमा सुबिधा उपलब्ध गराई उनीहरुको आर्थिक सुरक्षाको लक्ष्य लिएर कम्पनी स्थापना गरेको जानकारी दिए ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रतापमान श्रेष्ठले स्वागत मन्तव्य प्रस्तुत गर्दै कम्पनीबारे जानकारी दिए । कम्पनीले विकास गरेको ग्राहकमैत्री प्रविधिमार्फत दूरदराजका गाउँको आवश्यकता अनुसारका बीमा योजना कम बीमा शुल्कमा सजिलै प्राप्त गर्न सकिने सुविधा रहेको जानकारी दिनुभयो । कम्पनीले प्रस्तुत गर्ने कम बीमा शुल्कका बीमा योजनाबाट लक्षित वर्ग आर्थिक रुपमा लाभान्वित हुने प्रमुख कार्यकारी अधिकृत श्रेष्ठको भनाइ छ ।

सो अवसरमा प्राधिकरण कर्णाली प्रदेश कार्यालयका प्रमुख, विरेन्द्रनगर नगरपालिकाका उपप्रमुख तथा प्रदेश सभाका सांसदहरूलगायतले कम्पनीको सफलताको कामना गरेका थिए ।

प्रकाशित मिति : July 26, 2023 at 2:42 pm