२५ आश्विन २०८३, आइतबार | Sun Oct 11 2026

जाल्पा सामुदायिक लघुवित्त र किसान लघुवित्तबीच मर्जर सम्झौता

१० साउन, काठमाडाैं । जाल्पा सामुदायिक लघुवित्त र किसान लघुवित्तबीच मर्जर सम्झौता भएको छ । दुई संस्थाबीच साउन ९ गते मंगलबार साँझ मर्जर सम्झौता भएको हो ।  दुवै संस्थाका प्रतिनिधिहरुले मर्जर सम्झौतामा हस्ताक्षर गरेका छन्।

किसान लघुवित्तको कैलालीको लम्चीचुहा–४मा रजिस्टर्ड कार्यालय रहेको छ। जाल्पा सामुदायिक लघुवित्तको भने रुपन्देही जिल्लाको बुटवल–११मा रजिस्टर्ड कार्यालय रहेको छ।

दुवै कम्पनीले मर्जर प्रयोजनका लागि संस्थाका आधारभूत सेयरधनीहरुको सेयर कारोबारका साधारणसभा सम्पन्न नहुन्जेलसम्म रोक्का राखिदिन नेपाल स्टक एक्सचेन्ज (नेप्से)लाई आग्रह गरेका छन्। हाल जाल्पाको चुक्ता पुँजी १६ करोड रहेको छ भने किसानको चुक्ता पुँजी ४७ करोड १३ लाख रहेको छ ।

प्रकाशित मिति : July 26, 2023 at 10:57 am

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/