२५ आश्विन २०८३, आइतबार | Sun Oct 11 2026

बैंकहरुमा ४१ करोड लगानी गर्दै राष्ट्र बैंक

१० साउन, काठमाडाैं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुमा ४१ करोड रुपैयाँ लगानी गर्ने भएको छ। राष्ट्र बैंकले आफ्नो उपदान तथा पेन्सन कोषमा रहेको उक्त रकम बैंक तथा वित्तीय संस्थाको मुद्दति निक्षेपमा लगानी गर्न लागेकाे हाे ।

राष्ट्र बैंकले ‘क’ वर्गका वाणिज्य बैंकमा ३२ करोड ८० लाख रुपैयाँ, ‘ख’ वर्गको विकास बैंकमा ६ करोड १५ लाख रुपैयाँ ‘ग’ वर्गका राष्ट्रिय स्तरका वित्त कम्पनीहरुमा २ करोड ५ लाख रुपैयाँ लगानी गर्न लागेको हो ।

मुद्दति निक्षेपका रुपमा राख्न चाहने रकम खोली राष्ट्र बैंकमा ब्याजदर प्रस्ताव पेस गर्न राष्ट्र बैंकले आह्वान गरेको छ। साउन १२ गते बिहान १० बजेदेखि बेलुका ७ बजेसम्म आफूले लिन चाहेको रकम तथा उक्त रकमका लागि प्रस्ताव गरिएको ब्याजदर समेत खुलाए पेश गर्नुपर्नेछ ।

 केन्द्रीय बैंकले २०८० साउन १६ गतेदेखि २०८१ साउन १६ गतेसम्म ३६५ दिनका लागि मुद्दति निक्षेपमा लगानी गर्न लागेको जनाएको छ।

प्रकाशित मिति : July 26, 2023 at 9:45 am

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/