१४ आश्विन २०८१, सोमबार | Mon Sep 30 2024

अन्ततः डिएसपी ठगबहादुर केसीको जागिर चट, गृहमन्त्रीले गरे बर्खास्तको निर्णयमा हस्ताक्षर

९ साउन, काठमाडौँ । वडा अध्यक्षलाई कुटेर चर्चित भएका इलाका प्रहरी कार्यालय बुटवलका निलम्बित प्रहरी नायव उपरीक्षक ९डीएसपी० ठगबहादुर केसीको जागिर चट भएको छ । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले मंगलबार केसीको जागिर चट हुने फाइलमा हस्ताक्षर गरेका छन । सुन व्यापारीको सुन र ८ लाख ५० हजार रुपैयाँ नगद घुस खाएको प्रमाणित भएपछि प्रहरी प्रधान कार्यालयको सिफारिसमा गृहमन्त्री श्रेष्ठले मंगलबार उनको बर्खास्तगीको निर्णयमा हस्ताक्षर गरेका हुन ।

डिएसपी केसीले बुटवलका सुन व्यवसायीबाट समातिएको ३५ तोला सुन फिर्ता गर्ने सर्तमा ८ लाख ५० हजार रुपैयाँ घुस खाएको र अन्तिममा सुन पनि फिर्ता नदिएको निष्पकर्ष प्रहरीको छानविन समितिले निकालेको छ । उनी यसअघि निलम्बित रहेका थिए । प्रहरी प्रधान कार्यालयले प्रहरी वरिष्ठ उपरीक्षक चन्द्रकुवेर खापुङको संयोजकत्वमा ५ सदस्यीय छानबिन समिति गठन गरिएको थियो । सोही छानविन समितिको सिफारिस अनुसार गृहमन्त्रालयले कारबाहीको निर्णय गरेको हो ।

डिएसपी केसी २०७९ पुस ११ गते इलाका प्रहरी कार्यालय बुटवलको डिएसपीको निवासबाट सुन, ९ लाख ५० हजार रुपैयाँको चेक र ८ लाख ५० हजार रुपैयाँ नगदसहित पक्राउ परेका थिए । २०७९ साउन १ गते तिलोत्तमा नगरपालिका वडा नं। ४ का वडाध्यक्ष हरीबहादुर क्षेत्रीलाई केसीले धकेलेर पौडीपोखरीमा खसालेका थिए । त्यस समय उनले नेपाली कांग्रेसका नेता समेत रहेका पूर्वगृहमन्त्री बालकृष्ण खाँडको ठाडो आदेशमा जनप्रतिनिधिमाथि दूर्व्यवहार गरेको आरोप लागेको थियो ।

प्रकाशित मिति : ९ श्रावण २०८०, मंगलवार २१:२९