५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

विद्युतीय सवारी आयात हालसम्मकै उच्च, एक वर्षमा भित्रियो ४ हजार


९ साउन, काठमाडाैं । नेपालमा विद्युतीय सवारीसाधनको आयात बढेको छ। भन्सार विभागको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०७९/८० मा अहिलेसम्मकै सबैभन्दा धेरै विद्युतीय सवारीसाधन भित्रिएका हुन् ।

भन्सार विभागको तथ्याङ्कअनुसार गत आर्थिक वर्षमा नेपालमा ४ हजार ५० वटा विद्युतीय सवारी भित्रिएका छन् । जुन अहिलेसम्मकै धेरै हो ।

विभागका अनुसार अघिल्लो आर्थिक वर्ष २०७८/७९मा नेपालमा जम्मा १ हजार ८०७ वटा विद्युतीय सवारी आयात भएका थिए। नेपालमा ५० किलोवाटदेखि ३०० किलोवाटभन्दा माथि क्षमताका सवारी साधन आयात हुँदै आइरहेका छन् ।

गत आर्थिक वर्षमा ५० किलोवाट क्षमताका ३ हजार ७५९ वटा, ५१ किलोवाटदेखि १०० किलोवाटसम्मका २७२ वटा, १०१ किलोवाटदेखि २०० किलोवाटसम्मका १५ वटा र २०१ किलोवाटदेखि ३०० किलोवाटसम्मका ४ वटा सवारीसाधन भित्रिएका छन्।

विभागको तथ्यांकअनुसार गत आर्थिक वर्षमा विद्युतीय सवारीसाधनको आयातमा नेपालबाट ११ अर्ब ८४ करोड रुपैयाँ बाहिरिएको छ । अघिल्लो आर्थिक वर्ष २०७८/७८ मा विद्युतीय सवारीमा ५ अर्ब ३१ अर्ब रुपैयाँ बाहिरिएको थियो ।

प्रकाशित मिति : ९ श्रावण २०८०, मंगलवार १६:३८