१७ जेष्ठ २०८३, आइतबार | Sun May 31 2026

टाटा जेन्युइन स्पेयर पार्ट्सको मूल्य घट्यो

९ साउन, काठमाडाैं । टाटा मोटर्सको नेपालका लागि एकमात्र आधिकारिक वितरक सिप्रदी कम्पनिजले ग्राहकको चाहना र अपेक्षालाई मध्यनजर गर्दै टाटाका जेन्युइन पार्टसहरुको मूल्य समायोजन गरेको छ।

हाल विद्यमान प्रतिकूल परिस्थितिका कारणले ग्राहकमा पर्न गएको असरलाई केही कम गर्ने उद्देश्यले सिप्रदी र टाटा मोटर्सको संयुक्त पहलमा टाटा कमर्सियल गाडीको जेन्युइन् पार्ट्सहरुको मूल्य समायोजन गरिएको हो। अब ग्राहकले पहिलेको दाँजोमा कम मूल्यमै टाटा जेन्यूइन पार्ट्सहरु प्राप्त गर्न सक्नेछन्।

कम्पनीका अनुसार सिप्रदीको ग्राहकमुखी अवधारणाअनुरुप टाटा जेन्युइन पार्ट्सको मूल्य घटाइएको हो। अब टाटा कमर्सियल गाडीका ग्राहकले सिप्रदीका वर्कसपहरुमा अनुभवी तथा दक्ष प्रविधिकहरुबाट गाडीको चेकजाँच गर्दा कम खर्चमा टाटा जेन्युइन पार्ट्सको प्रयोगबाट गुणस्तरिय सर्भिसिङको फाइदा उठाउन सक्नेछन्। यस मूल्य समायोजनपश्चात ग्राहकको व्यवसाय तथा मुनाफामा सकारात्मक प्रभाव पर्ने विश्वास लिइएको छ।

समायोजित मूल्य यही साउन महिनाबाट नेपालभरि रहेका सिप्रदीको सम्पूर्ण नेटवर्क– सिप्रदी सर्भिस सेन्टर, आधिकारिक सर्भिस सेन्टर, टाटा जेन्युइन पार्टस् को डिलर नेटवर्क, च्याम्पियन जोन, सर्टिफाइड ग्यारेज र आकस्मिक मर्मत सेवा केन्द्रमा लागू भएको छ।

यसका साथै सिप्रदी सर्भिस सेन्टरमा फेरिएका टाटा जेन्युइन् पार्टसहरुमा ६ महिना वा ५० हजार किलोमिटरसम्मको वारेन्टी सुविधा पनि कम्पनीले प्रदान गर्दै आईरहेको छ।

अन्य सेवाहरु तथा थप जानकारीका लागि सिप्रदीको टोल फ्री नम्बर १६६००१५५७७७ वा ९८०१५७५७७७ मा सम्पर्क गर्न सकिनेछ।

प्रकाशित मिति : July 25, 2023 at 4:03 pm