१० भदौ २०८३, बुधबार | Wed Aug 26 2026
http://kk5.io/NADA2026

एमाले अध्यक्ष ओली र चिनियाँ नेता युआनबीच भेटवार्ता

९ साउन, काठमाडाैं । नेपाल भ्रमणमा रहेका चिनियाँ कम्युनिस्ट पार्टीका पोलिटब्युरो सदस्य युआन च्या च्युनले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन्।

युआन मंगलबार बिहान ओलीसँग वार्ताका लागि एमाले केन्द्रीय कार्यालय च्यासल पुगेका हुन्। ओली कम्बोडियाको निर्वाचनमा पर्यवेक्षण गरेर सोमबार फर्किएलगत्तै मंगलबार बिहान यो भेटवार्ता भएको हो। यो भेटका अवसरमा दुई नेताबीच कम्युनिष्ट पार्टीको सम्बन्ध, नेपाल र चीनबीचको साझेदारी, आपसी हित र चासोबारे कुरा भएको छ।

भेटका क्रममा एमाले महासचिव शंकर पोखरेल र उपमहासचिव विष्णु रिमालसहितका नेताहरु पनि सहभागी थिए।

प्रकाशित मिति : July 25, 2023 at 12:04 pm