२५ आश्विन २०८३, आइतबार | Sun Oct 11 2026

१५० रुपैयाँमै सानिमा बैंककाे सेयर बिक्रीमा, क-कसले दिन पाउछन् आवेदन ?

९ साउन, काठमाडाैं । सानिमा बैंकले केही संस्थापक सेयर बिक्रीमा ल्याएकाे छ । बैंकले संस्थापक समूहको २ लाख ५० हजार कित्ता सेयर लिलामी बिक्रीमा राखेकाे हाे ।

बिक्रीमा राखिएको सेयरको न्यूनतम मूल्य प्रतिकित्ता १५० रुपैयाँ तोकिएको छ। यसको अर्थ लगानीकर्ताले खरिद आवेदन दिँदा न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गर्नुपर्नेछ।

उक्त सेयरमा विद्यमान संस्थापक सेयरधनीले मात्र खरिद आवेदन पाउनेछन्। साे सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीहरुले ३५ दिनभित्र नक्साल नारायणचौरस्थित केन्द्रीय कार्यालय काठमाडाैंमा खरिद आवेदन दिनुपर्नेछ।

तोकिएको समयावधिभित्र उक्त सेयर खरिदका लागि संस्थापक सेयरधनीहरूबाट कुनै पनि आवेदन नपरेको खण्डमा साे सेयर अन्य व्यक्ति तथा संघसंस्थामा बिक्री खुला गरिने बैंकले जनाएको ।

प्रकाशित मिति : July 25, 2023 at 9:55 am

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/