५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

२५ लाखसम्मको अटो कर्जामा जोखिम भार घटाउने


७ साउन, काठमाडाैं । नेपाल राष्ट्र बैंकले २५ लाखसम्मको अटो कर्जामा जोखिम भार कम गर्ने भएको छ ।  आइतबार मौद्रिक नीति सार्वजनिक भएपछि आयोजित पत्रकार सम्मेलनमा बोल्दै  राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले यस्ताे बताएका हुन् ।

गभर्नर अधिकारीले अटोलोन जोखिम भारलाई थ्रेस होल्ड कायम गर्न खोजिएको जनाउँदै २५ लाख वा सो नजिकको कर्जालाई जोखिमभार कम गर्न लागेकाे बताए । ठूलो स्केलको अटो कर्जामा हाल रहेको १५० प्रतिशतको जोखिम भार कायम नै रहने उनले स्पष्ट पारे ।

राष्ट्र बैंकले मौद्रिक नीति मार्फत जोखिमभार घटाएसँगै अटो क्षेत्र केहि हदसम्म चलाएमान हुने भएको छ ।लामो समयदेखि व्यवसायीहरुले जोखिम भार घटाउन माग गर्दै आएका थिए ।

प्रकाशित मिति : ७ श्रावण २०८०, आईतवार १७:१३