५ वर्ष पुरानो नगद लाभांश लिन सेयरधनीहरुलाई नबिल बैंककाे आग्रह
७ साउन, काठमाडाैं । नबिल बैंक लिमिटेडले पुरानो नगद लाभांश बुझिलिन आग्रह गरेको छ । बैंकले आज एक सूचना प्रकाशित गर्दै (साविक युनाइटेड फाइनान्स र साविकको नेपाल बङ्गलादेश बैंककाे)को ५ वर्षभन्दा पहिले सम्पन्न वार्षिक साधारणसभाबाट पारित आर्थिक वर्ष २०७३/७४ को नगद लाभांश लिन सेयरधनीहरुलाई आग्रह गरेको हो ।
साथै, सूचना प्रकाशितको १ महिनाभित्र आफ्नो बक्यौता लाभांश बुझिलिन बैंकले आग्रह गरेको छ । सेयरधनीहरुलाई आफ्नो सेयर प्रमाणपत्र वा डिम्याट खाता नम्बरका साथ परिचयपत्र ल्याएर लिन उक्त बाँकी रहेको लाभांश रकम लिन बैंकले अनुराेध गरेकाे छ ।
लाभांश बुझिलिन बैंकको सेयर रेजिष्ट्रार नबिल इन्भेष्मेन्ट बैंकिङ्ग लिमिटेड, नक्साल नारायण चौरमा यथाशिघ्र सम्पर्क गर्नुपर्नेछ । उक्त समयमा लाभांश नलिएमा ५ वर्ष पुरा भई भुक्तानी हुन बाँकी रहेको लाभांश रकम लगानीकर्ता संरक्षण कोषमा जम्मा हुने बैंकले जनाएको छ ।
प्रकाशित मिति : ७ श्रावण २०८०, आईतवार १६:०६