२५ आश्विन २०८३, आइतबार | Mon Oct 12 2026

१९ लाख ४८ हजार कित्ता सेयर बिक्री गर्दै नेपाल इन्स्योरेन्स, न्यूनतम मूल्य कति ?

७ साउन, काठमाडाैं । नेपाल इन्स्योरेन्स कम्पनीको करिब साढे १९ लाख कित्ता सेयर बिक्रीमा ल्याउने भएकाे छ । कम्पनीले संस्थापक समूहको १९ लाख ४८ हजार ५३८ कित्ता सेयर भोलि साउन ८ गते साेमबारबाट बिक्रीमा ल्याउने भएकाे हाे  ।

बिक्रीमा राखिएको सेयरको न्यूनतम मूल्य ३०० रुपैयाँ तोकिएको छ। यसको अर्थ लगानीकर्ताले बोलपत्र पेस गर्दा न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गर्नुपर्नेछ। उक्त सेयरमा विद्यमान संस्थापक सेयरधनीसहित इच्छुक जोकोही व्यक्ति तथा संस्थाले खरिद आवेदन दिन सक्नेछन्।

इच्छुकल लगानीकर्ताले न्यूनतम १ लाख कित्ता र अधिकतममा सम्पूर्ण कित्ताका लागि साउन १५ गतेसम्म काठमाडाैंकाे नक्सालस्थित ग्लोबल आइएमई क्यापिटलमा खरिद आवेदन दिन सक्नेछन्।

प्रकाशित मिति : July 23, 2023 at 12:58 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/