७ असार २०८३, आइतबार | Mon Jun 22 2026

मौद्रिक नीति सार्वजनिक गर्ने तयारीमा राष्ट्र बैंक, सेयर बजारलाई खुकुलो बनाउने

७ साउन, काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीति आज सार्वजनिक गर्ने भएको छ। आइतबार बिहान बस्ने सञ्चालक समिति बैठकले मौद्रिक नीति पारित गरेपछि गभर्नर महाप्रसाद अधिकारीले आजै सार्वजनिक गर्ने तयारी गरेको स्रोतले जनाएको छ ।

मौद्रिक नीतिमा नियामकीय नीतिभन्दा पनि बाह्य क्षेत्रमा भएको सुधारलाई कायम राख्ने गरी मौद्रिक उपकरणमा लचकता अपनाउन सक्ने राष्ट्र बैंकका अधिकारीहरू बताउँछन् ।

राष्ट्र बैंकले सिथिल अर्थतन्त्रलाई केही चलायमान बनाउन मौद्रिक नीतिको कार्यदिशा केही खुकुलो बनाए पनि निजी क्षेत्रमा जाने कर्जा उच्च दरमा विस्तार गर्ने पक्षमा छैन । खस्कँदो कर्जाको गुणस्तरलाई मध्यनजर गर्दै कर्जा विस्तार भन्दा पनि असुली गर्नुपर्ने गभर्नर अधिकारीले बताउँदै आएका छन् ।

केन्द्रिय बैंकले मौद्रिक नीतिमा सेयर बजार र घरजग्ग क्षेत्रको लागि पनि केहि नीति लिने भएको छ। कोभिडपछि कडाई गरीएका क्षेत्रमा केन्द्रिय बैंकले केहि लचक नीति लिने भएको हाे।

यस वर्ष सेयर बजारलाई पनि कडाई नगरी नीति ल्याउने तयारीमा केन्द्रिय बैंक रहेकाे छ ।  यसअघि केन्द्रिय बैंकले लिएका नीतिले सेयर बजारमा ठुलो प्रभाव पारेको थियो। यस वर्ष भने सेयर बजारमा समेत केहि लचक नीति लिने संकेत केन्द्रिय बैंकको छ।

प्रकाशित मिति : July 23, 2023 at 10:47 am