१० भदौ २०८३, बुधबार | Wed Aug 26 2026
http://kk5.io/NADA2026

४२.७१ प्रतिशतले बढ्यो निफ्राको नाफा, प्रतिसेयर आम्दानी कति ?

७ साउन, काठमाडाैं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा)ले आर्थिक वर्ष २०७९/८०को चौथो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।

बैंकले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार समीक्षा अवधिसम्म बैंकले १ अर्ब ४५ करोड लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। याे नाफा अघिल्लो वर्ष यही अवधिको तुलनामा ४२.७१ प्रतिशतले बढी हाे । अघिल्लो वर्ष बैंककाे खुद नाफा १ अर्ब २ करोड रुपैयाँ रहेको थियो।

समीक्षा अवधिसम्म बैंकको सञ्चालन मुनाफा पनि ४२.६८ प्रतिशतले बढेर २ अर्ब ८ करोड रुपैयाँ  पुगेकाे छ । अघिल्लो वर्ष बैंकको सञ्चालन मुनाफा १ अर्ब ४६ करोड रुपैयाँ रहेको थियाे ।

याे अवधिमा बैंकको खुद ब्याज आम्दानी४४.७५ प्रतिशतले बढेर २ अर्ब ७२ करोड रुपैयाँ भएको छ। अघिल्लो वर्षकाे यही अवधिसम्म बैंकको खुद ब्याज आम्दानी १ अर्ब ८८ करोड रुपैयाँ रहेको थियो।

बैंकको रिजर्भको आकार ३१.७१ प्रतिशतले बढेर २ अर्ब २८ करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष रिजर्भमा १ अर्ब ७३ करोड रुपैयाँ रहेको थियो।

समीक्षा अवधिसम्म बैंकले ८९ करोड १६ लाख रुपैयाँ निक्षेप संकलन गरी २० अर्ब १४ करोड रुपैयाँ कर्जा परिचालन गरेको छ। अघिल्लो वर्ष बैंकले ४३ करोड ८० लाख रुपैयाँ निक्षेप संकलन गरी १५ अर्ब ५३ करोडरुपैयाँ कर्जा परिचालन गरेको थियो।

समीक्षा अवधिमा बैंकको प्रतिसेयर आम्दानी (ईपीएस) १.८१ रुपैयाँले बढेर ६.७६ रुपैयाँ पुगेको छ । पीई रेसियो ३३.१६ गुणा रहेको बैंकको प्रतिसेयर नेटवर्थ ११०.५७ रुपैयाँ रहेको छ।

प्रकाशित मिति : July 23, 2023 at 8:55 am