२५ आश्विन २०८३, आइतबार | Mon Oct 12 2026

३०० रुपैयाँमा हिमालयन लाइफ इन्स्योरेन्सको सेयर बिक्रीमा, क-कसले किन्न पाउछन् ?

५ साउन, काठमाडाैं । हिमालयन लाइफ इन्स्योरेन्सले केही संस्थापक सेयर बिक्रीमा राखेकाे छ । पछिल्ला केही दिनयता धितोपत्र दोस्रो बजारमा लगानीकर्ताको रोजाइमा पर्न थालेको यस कम्पनीले ४९ हजार बढी कित्ता सेयर बिक्री राखेकाे हाे ।

कम्पनीले संस्थापक सेयरधनी विनोदकुमार गोयलको नाममा रहेको (साविक गुराँस लाइफ इन्स्योरेन्सको) कुल ४९ हजार २२८ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो।

बिक्रीमा राखिएको साे सेयरको बिक्री मूल्य न्यूनतम प्रतिकित्ता ३०० रुपैयाँ तोकेको छ । यसकाे अर्थ संस्थापक सेयरधनीहरुले न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गरी खरिद आवेदन दिनुपर्दछ ।

बिक्रीमा राखिएको उक्त सेयरमा हाल विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै खरिद आवेदन दिन सक्नेछन्। इच्छुक संस्थापक सेयरधनीहरूले ३५ दिनभित्र सेयर खरिदका लागि आवेदन दिन सक्नेछन् । ताेकिएकाे समयअवधिभित्र संस्थापक सेयरधनीहरुबाट साे सेयर खरिदका लागि कुनै पनि आवेदन नपरेकाे खण्डमा उक्त सेयर सर्वसाधारण लगानीकर्ता, अन्य व्यक्ति तथा संस्थालाई बिक्री खुला गरिने कम्पनीले जनाएको छ।

प्रकाशित मिति : July 21, 2023 at 3:16 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/