१० भदौ २०८३, बुधबार | Wed Aug 26 2026
http://kk5.io/NADA2026

३१० रुपैयाँमा हिमालयन लाइफ इन्स्योरेन्सको सेयर बिक्रीमा, क-कसले दिन पाउछन् आवेदन ?

२ साउन, काठमाडाैं । हिमालयन लाइफ इन्स्योरेन्सले केही संस्थापक सेयर बिक्रीमा ल्याएकाे छ । कम्पनीले संस्थापक सेयरधनी हेमन्त नाहटाको नाममा रहेको (साबिक गुराँ लाइफ इन्स्योरेन्स) ५१ हजार ४५० कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएकाे हाे ।

बिक्रीमा राखिएको उक्त सेयरको न्यूनतम मूल्य प्रतिकित्ता ३१० रुपैयाँ तोकिएको छ। यसको अर्थ  साे सेयर खरिद आवेदन दिँदा न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गर्नुपर्नेछ। बिक्रीमा राखिएकाे साे सेयरमा हाल विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै खरिद आवेदन दिन सक्नेछन्।

उक्त सेयरमा संस्थापक सेयरधनीहरुले ३५ दिनभित्र खरिद आवेदन दिनुपर्नेछ। तोकिएको समयभित्र संस्थापक सेयरधनीहरुबाट कुनै खरिद आवेदन नपरेको खण्डमा अन्य व्यक्ति तथा संस्थालाई बिक्री खुला गरिने कम्पनीले जनाएकाे छ ।

प्रकाशित मिति : July 18, 2023 at 2:30 pm