चालू आवको पहिलो काराेबारकाे दिन यी कम्पनीकाे भयाे सर्वाधिक खरिदबिक्री
१ साउन, काठमाडाैं । चालू आर्थिक वर्ष २०८०/८१ को पहिलो कारोबारको दिन आज सोमबार सेयर बजार उच्च अंकले बढेकाे छ । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ४७.०७ अंकले बढेर दुई हजार एक सय ४४ दशमलब १६ विन्दुमा पुगेको छ । आज दुई अर्ब ५६ करोड एक लाख बराबरको कारोबार भएको छ ।
आज सेयर बजारमा सुधार आउँदा सबैभन्दा बढी शिवम् सिमेन्ट्सको कारोबार भएको छ । आज कम्पनीको १४ करोड ८६ लाख १९ हजार रुपैया बराबरको कारोबार भएको छ । त्यस्तै, हिमालयन लाइफ इन्स्योरेन्सको १० करोड ८४ लाख ६४ हजार रुपैयाँ, शाइन रेशुङ्गा डेभलपमेन्ट बैंकको ७ करोड ७५ लाख १३ हजार रुपैयाँ, सोल्टी होटलको ७ करोड ७३ लाख ३२ हजार रुपैयाँ र आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सको ५ करोड ११ लाख ७६ हजार रुपैयाँको कारोबार भएको हो ।

प्रकाशित मिति : १ श्रावण २०८०, सोमबार १५:२५












