१० पुष २०८२, बिहीबार | Thu Dec 25 2025

सिंगटी हाइड्रोले १०० प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने, धितोपत्र बोर्डसँग माग्याे अनुमति

२९ असार, काठमाडाैं । सिंगटी हाइड्रो इनर्जी लिमिटेडले हकप्रद सेयर निष्काशन गर्ने भएकाे छ । कम्पनीले हकप्रद सेयर निष्काशनकाे अनुमति माग्दै नेपाल धितोपत्र बोर्ड (सेबोन)मा असार २७ गते निवेदन दिएको छ।

कम्पनीले चुक्तापुँजीको १०० प्रतिशत अर्थात १ः१ अनुपातमा १ अर्ब ५४ करोड रुपैयाँबराबरको १०० रुपैयाँ अंकित दरका कुल १ करोड ४५ लाख कित्ता हकप्रद निष्कासन गर्न लागेकाे हाे । हकप्रद सेयर बिक्रीबाट प्राप्त रकम कम्पनीले अन्य जलविद्युत आयोजनामा लगानी गर्न र कम्पनीको ऋण चुक्ता गर्ने उद्देश्यले लिएको छ। कम्पनीकाे हकप्रद सेयर बिक्री प्रबन्धकमा कुमारी क्यापिटल रहेको छ।

प्रकाशित मिति : २९ असार २०८०, शुक्रबार १४:२६