१० भदौ २०८३, बुधबार | Wed Aug 26 2026
http://kk5.io/NADA2026

किन्ने हाेइन त ? १०० रुपैयाँ नेपाल फाइनान्सको सेयर बिक्रीमा, सर्वसाधारणले खरिद गर्न पाउने

२९ असार, काठमाडाैं । नेपाल फाइनान्सले आज असार २९ गतेबाट केही संस्थापक सेयर बिक्रीमा राखेकाे छ । कम्पनीले अवितरित ११ लाख १६ हजार ६१६.१८७ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो।

बिक्रीमा राखिएको सेयरको न्यूनतम मूल्य प्रतिकित्ता १०० रुपैयाँ तोकिएको छ। लगानीकर्ताले न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गरी खरिद आवेदन दिनुपर्नेछ।

उक्त सेयरमा इच्छुक व्यक्ति, कम्पनी र संस्थाहरुले न्यूनतम १ हजार कित्ता र अधिकतममा १० ले भाग जाने संख्या खरिदका लागि साउन १२ गतेसम्म आवेदन दिन सक्नेछन्।

लगानीकर्ताले कमलादीस्थित प्रभु क्यापिटलको कार्यालय, नेपाल फाइनान्सका कमलादीस्थित केन्द्रीय कार्यालय तथा शाखाहरु बनेपा, माछापुच्छ्रे, लगनखेल र तिलोत्तमा र प्रभु बैंकका शाखा कार्यालय विराटनगर, वीरगन्ज, पोखरा, नेपालगन्ज, सुर्खेत तथा धनगढीमा आवेदन दिन सक्नेछन्।

प्रकाशित मिति : July 14, 2023 at 9:26 am