७ असार २०८३, आइतबार | Mon Jun 22 2026

एनएलजी इन्स्योरेन्सले बाेलायाे विशेष साधारणसभा, हकप्रद पारित गर्ने मुख्य एजेन्डा

२८ असार, काठमाडाैं । एनएलजी इन्स्योरेन्स कम्पनीले विशेष साधारणसभा बाेलाएकाे छ । असार २७ गते बुधबार बसेकाे कम्पनी सञ्चालक समितिको बैठकले साउन १५ गते विशेष साधारणसभा बाेलाउने निर्णय गरेको हो। सभा काठमाडाैंकाे बालुवाटारस्थित आम्रपाली ब्यांक्वेटमा बिहान १०ः३० बजेबाट सुरु हुनेछ।

सभाले हाल कायम जारी तथा चुक्तापुँजी १ अर्ब ४५ करोड ९२ लाख ७५ हजार ७९०.५ रुपैयाँलाई वृद्धि गरी २ अर्ब ४२ करोड २३ हजार ९७ हजार ८१२.२३ रुपैयाँ पुर्याउने विशेष प्रस्ताव पारित गर्नेछ। साथै, सभाले हाल कायम चुक्तापुँजीको ६६ प्रतिशतले हुन आउने हकप्रद सेयर जारी गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। हकप्रद बिक्रीपछि कम्पनीको चुक्तापुँजी वृद्धि हुने भएकोले सोहीबमोजिम कम्पनीको प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने विशेष प्रस्ताव पनि सभाले पारित गर्नेछ।

विशेष साधारणसभा प्रयोजनार्थ कम्पनीले साउन ८ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ साउन ७ गतेसम्म कायम सेयरधनीहरुले मात्रै कम्पनीको विशेष साधारणसभामा सहभागि हुन सक्नेछन् ।

प्रकाशित मिति : July 13, 2023 at 10:04 am