पिपिएलको उद्घाटन खेलमा पोखरा पल्टनले विराटनगर टाइटनलाई दियो १९८ रनको लक्ष्य
९ कात्तिक, कास्की । पोखरा प्रिमियर लिगको उद्घाटन खेलमा पोखरा पल्टनले विराटनगर टाइटनलाई १९८ रनको विजय लक्ष्य पेश गरेको छ । टस हारेर ब्याटिङको निम्तो पाएको पोखराले २० ओभरमा तीन विकेट गुमाउँदै १९७ रन जोडेको थियो ।
पहिलो विकेटका लागि कुशल भुर्तेल र आशिफ शेखले ५३ रनको साझेदारी गर्दै पोखरालाई दरिलो सुरुआत दिलाएका थिए । खेलको भिडियो यहाँ हेर्न सक्नुहुन्छ । (साैजन्यः हिमालय टेलिभिजन)
प्रकाशित मिति : ९ कार्तिक २०७५, शुक्रबार १३:५९