१० भदौ २०८३, बुधबार | Thu Aug 27 2026
http://kk5.io/NADA2026

प्रतिकित्ता ५० रुपैयाँमा आईपीओ निष्काशन गर्दै हाथवे इन्भेष्टमेन्ट, क-कसले किन्न पाउछन् ?

२७ असार, काठमाडाैं ।  हाथवे इन्भेस्टमेन्ट नेपालले साउन ४ गतेबाट आईपीओ निष्काशन गर्ने भएकाे छ । कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ निष्काशन गर्न लागेकाे हाे ।

कम्पनीले धितोपत्र बोर्डबाट जारी पुँजी १ अर्ब १७ करोड रुपैयाँको १२.५ प्रतिशतले हुन आउने ५० रुपैयाँ अंकित मूल्यका कुल २९ लाख २५ हजार कित्ता आईपीओ बिक्रीको अनुमति पाएको छ। कुल कित्तामध्ये १० प्रतिशतले हुन आउने २ लाख ९२ हजार ५०० कित्ता कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि बिक्री खुला गर्न लागेको हो।

उक्त आईपीओमा लगानीकर्ताले न्यूनतम २० कित्तादेखि अधिकतममा १ लाख कित्तासम्म साउन १८ गते बैंकिङ समयसम्म खरिद आवेदन दिन सक्नेछन्। देशिक रोजगारीमा रहेका नेपालीका लागि जारी आईपीओ पूर्ण रुपमा बिक्री नभएमा सर्वसाधारणका लागि छुट्याइएको आईपीओमा जोडेर निष्कासन गरिने पनि कम्पनीले जनाएको छ। कम्पनीकाे आईपीओ बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल रहेको छ।

लगानीकर्ताले धितोपत्र बोर्डबाट अनुमति प्राप्त सी–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र सीडीएससीको मेरो सेयरमार्फत खरिद आवेदन दिन सक्नेछन्।

प्रकाशित मिति : July 12, 2023 at 9:38 am