१० भदौ २०८३, बुधबार | Thu Aug 27 2026
http://kk5.io/NADA2026

छुट्ला है ! हिमाल दोलखा हाइड्रोपावरको हकप्रदमा आवेदन दिने आज अन्तिम दिन

२५ असार, काठमाडाैं । हिमाल दोलखा हाइड्रोपावर कम्पनी लिमिटेडको हकप्रद सेयरमा आवेदन दिने आज असार २५ गते अन्तिम दिन रहेको छ। कम्पनीले गत जेठ २२ गतेदेखि सेयरधनीहरुका लागि निष्काशन गरेकाे हकप्रद सेयरमा आज बैंकिङ समयसम्म आवेदन दिन सकिने छ।

कम्पनीले चुक्तापुँजी १ अर्ब ६० करोड रुपैयाँको ७५ प्रतिशत अर्थात १ः०.७५ को अनुपातमा हकप्रद जारी गरेको हो। जसअनुसार कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल १ करोड २० लाख कित्ता हकप्रद सेयर बिक्री खुला गरेको छ। कम्पनीले हकप्रद प्रयोजनका लागि वैशाख २७ गते बुक क्लोज गरिसकेको छ । यसकाे अर्थ, वैशाख २६ गतेसम्म कायम लगानीकर्ताले हकप्रद सेयरको दाबी गर्न पाउनेछन् । कम्पनीको उक्त हकप्रद सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल लिमिटेड रहेकाे छ ।

हकप्रदमा नेपाल धितोपत्र बोर्ड (सेबोन)बाट अनुमति प्राप्त सी–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र सीडीएससीको मेरो सेयरमार्फत आवेदन दिन सकिनेछ ।

प्रकाशित मिति : July 10, 2023 at 10:11 am