७ आश्विन २०८१, सोमबार | Mon Sep 23 2024

प्रतिनिधिसभाको बैठक साेमबारसम्मका लागि स्थगित

२४ असार, काठमाडाैं । प्रतिनिधिसभाको बैठक स्थगित भएको छ । आज दिउँसो ३ बजेका लागि तय भएको बैठक विशेष कारणले स्थगित भएको सङ्घीय संसदका महासचिव डा भरतराज गौतमले जानकारी दिए ।

यसअघि दिउँसो १ बजेका लागि तय भएको बैठक प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको आग्रहमा सभामुख देवराज घिमिरेले दुई घण्टा पछाडि अर्थात् ३ बजेका लागि सारेका थिए । प्रतिनिधिसभाको अर्को बैठक भोलि दिउँसो ३ बजे बस्नेछ ।

प्रकाशित मिति : २४ असार २०८०, आईतवार १५:०२