आइएमई लाइफ इन्स्योरेन्सको आईपीओमा कति पर्यो आवेदन ? यस्तो छ पछिल्लो अपडेट
२४ असार, काठमाडाैं । आइएमई लाइफ इन्स्योरेन्सको आईपीओमा मागभन्दा बढी आवेदन परेकाे छ । कम्पनीले असार २१ गतेबाट सर्वसाधारणका लागि निष्काशन गरेकाे आईपीओ मागभन्दा बढी आवेदन परेकाे हाे ।
सीडीएसका अनुसार आज बिहानसम्म कम्पनीकाे आईपीओमा २ अर्ब ३८ करोड १० लाख ५२ हजार १०९ रुपैयाँ बराबरको ८ लाख ९३ जनाले १ करोड ५० हजार ४५० कित्ताका लागि आवेदन दिएका छन् । याे मागभन्दा १.०४ गुणा बढी हाे ।
कम्पनीले पुँजी ४ अर्ब रुपैयाँको ३० प्रतिशतले हुन आउने १ अर्ब २० करोड रुपैयाँ बराबरको आईपीओ जारी गर्न हो । कम्पनीले १०० रुपैयाँ अंकित मूल्यमा १३६.९१ रुपैयाँ प्रिमियम थपेर प्रतिकित्ता २३६.९१ रुपैयाँ दरमा १ करोड २० लाख कित्ता आईपीओ बिक्रीमा ल्याएको हो ।
जसमध्ये १० प्रतिशत अर्थात् १२ लाख कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई निष्कासन भइसकेको छ । त्यस्तै, ५ प्रतिशत अर्थात् ६ लाख कित्ता सेयर कर्मचारी र ५ प्रतिशत अर्थात् ६ लाख कित्ता सेयर सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको छ । बाँकी रहेको ९६ लाख कित्ता सेयर सर्वसाधारणका लागि खुला गरेको छ ।
उक्त आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्ताका लागि खरिद आवेदन दिन सक्नेछन्। लगानीकर्ताले आईपीओमा छिटोमा असार २५ गते र ढिलोमा साउन ४ गते बैंकिङ समयसम्म आवेदन दिन सक्नेछन् ।
नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सी–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनले तोकेका शाखा कार्यालय तथा सीडीएससीको मेरो सेयरमार्फत आवेदन दिन पाइने व्यवस्था गरिएको छ।
प्रकाशित मिति : 13:04









