६ आश्विन २०८१, आईतवार | Sun Sep 22 2024

बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ काराेबार ?

२४ असार, काठमाडाैं । साताको पहिलो कारोबार दिन आइतबार सुनको मूल्य बढेकाे छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ७०० रुपैयाँले बढेर छापावाल सुन प्रतितोला १ लाख ११ हजार ३०० रुपैयाँ र तेजाबी सुन १ लाख १० हजार ७५० रुपैयाँ कायम भएको छ।

गत शुक्रबार सुनको मूल्य तोलामा १०० रुपैयाँले घटेर छापावाल सुन प्रतितोला १ लाख १० हजार ६०० रुपैयाँ र तेजाबी सुन १ लाख १० हजार ५० रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको मूल्य तोलामा २० रुपैयाँले बढेर १ हजार ३९५ रुपैयाँ कायम भएको छ। गत शुक्रबार चाँदीको मूल्य तोलामा २० रुपैयाँले घटेर १ हजार ३७५ रुपैयाँमा किनबेच भएको थियो।

प्रकाशित मिति : २४ असार २०८०, आईतवार ११:०१