छुट्ला है ! एक कम्पनीकाे हकप्रद सेयर सुरक्षित गर्ने आज अन्तिम दिन
२४ असार, काठमाडाैं । अरुण काबेली पावर लिमिटेडको हकप्रद सेयर सुरक्षित गर्ने आज असार २४ गते अन्तिम दिन रहेको छ। कम्पनीले हकप्रद सेयर निष्कासनका लागि भोलि असार २५ गते १ दिन बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ आजसम्म कायम सेयरधनीहरुले मात्रै कम्पनीको हकप्रद सेयरमा आवेदन दिन पाउनेछन्।
कम्पनीले आफ्नो सेयरधनीहरुलाई १ः१ को अनुपातमा १ अर्ब ८५ करोड ५२ लाख १० हजार ५०० रुपैयाँ बराबरको १ करोड ८५ लाख ५२ हजार १०५ कित्ता हकप्रद शेयर निष्काशन गर्नेछ। कम्पनीकाे हकप्रद सेयर बिक्री प्रबन्धकमा नबिल इन्भेस्टमेन्ट बैंकिङ रहेको छ।
प्रकाशित मिति : २४ असार २०८०, आईतवार ०९:२६












