शनिबार पनि बैंक खोल्न राष्ट्र बैंकको निर्देशन, यस्ताे छ कारण
२२ असार, काठमाडौ । नेपाल राष्ट्र बैंकले शनिबार पनि बैंक खोल्न निर्देशन दिएको छ । राष्ट्र बैंकले एक सूचना जारी गर्दै आगामी २ वटा शनिबारको दिन पनि बैंक खोल्न निर्देशन दिएको हाे ।
राष्ट्र बैंकले राजस्व संकलन, चेक क्लियरिङ, फण्ड ट्रान्सफरका लागि भोलि असार २३ शनिवार र असार ३० गते शनिवार पनि राति ८ बजेसम्म बैंक तथा वित्तिय संस्था खुला राख्न भनेको हो ।
यस्तै असार ३१ गतेपनि बेलुका सात बजेसम्म राजस्व कारोबार गर्ने सम्पूर्ण बैंकहरु खुला राख्न भनेको छ । चालु आर्थिक वर्ष २०७९/८० सकिनै लाग्दा सरकारलाई राजस्व संकलनको दबाव परेको छ । बैंक तथा वित्तीय संस्थाहरु साथै नेपाल क्लियरिङ हाउस खुला राखी राजस्व बुझ्ने व्यवस्था गर्न/ गराउन सूचना जारी गरेको राष्ट्र बैंकले जनाएकाे छ ।

प्रकाशित मिति : २२ असार २०८०, शुक्रबार १५:४०












