किन्ने हाेइन त ? १०० रुपैयाँमा नै नेपाल फाइनान्सको ११ लाख १६ लाख कित्ता सेयर बिक्रीमा
२२ असार, काठमाडौं । नेपाल फाइनान्स केही संस्थापक सेयर बिक्रीमा ल्याएकाे छ । कम्पनीले ११ लाख १६ हजार ६१६ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएकाे हाे । बिक्रीमा राखिएकाे उक्त सेयरकाे मूल्य १०० रुपैयाँ ताेकिएकाे छ । लगानीकर्ताले तोकिएको मूल्य वा त्योभन्दा बढी मूल्य तोकेर बोलकबोल पेस गर्नुपर्नेछ ।
साे सेयरमा इच्छुक जोकोही व्यक्ति वा संस्थाले खरिद आवेदन दिन सक्नेछन्। लगानीकर्ताले न्यूनतम एक हजार कित्ताका लागि साउन १२ गतेसम्म आवेदन दिन सक्नेछन् । बोलकबोल फारम फाइनान्सको बिक्री प्रबन्धक प्रभु क्यापिटलबाट पाउन सकिनेछ।
प्रकाशित मिति : २२ असार २०८०, शुक्रबार १३:५१